Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काश्की । पोखराको लेखनाथ महानगरपालिकाले कार्यालय समयमा फेसबुक बन्द गराएको छ । महानगरपालिकामा कार्यरत कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर फेसबुकमा व्यस्त भएको गुनासो आएपछि महानगरपालिकाले यस्तो निर्णय गरेको हो ।

महानगरपालिकाले कार्यालयमा जडान गरेकोे इन्टरनेटमा वाइफाइ र फेसबुक पूर्णरुपमा बन्द गराइएको छ । सुरुमा महानगरपालिकाका लागु गरिएको यो नियम मंगलबारबाट महानगरका सम्पूर्ण वडाहरुमा लागु गरिने छ ।

‘अब महानगर कार्यालयका कुनै पनि डेस्कटप र मोबाइलमा फेसबुक चल्ने छैन,’ महानगरका कर्मचारीले भने, ‘सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै सामाजिक सञ्जाल बन्द गराएका हौं।’

महानगरपालिका दैनिक करिब २ हजार सेवाग्रहीहरुको सेवा छिटो छरितो बनाउन फेसबुक बन्द गराउन पहल यसअघि मेयर मानबहादुर जीसीले नै गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed