![]()
चितवन । भरतपुर महानगरपालिकाले क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेसनलाई जग्गा उपलव्ध गराउने घोषणा गरेको छ। फाउण्डेसनले क्रिकेट मैदानका लागि जग्गाको खोजी गरिरहेका बेला महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलव्ध गराउने घोषणा गरेकी हुन्।
प्रमुख दाहालले पश्चिम चितवनको भरतपुर महानगरपालिका २० मा निर्माण हुँदै गरेको रंगशालाको मैदान उपलव्ध गराउन महानगर तयार रहेको जानकारी दिइन । उनले आवश्यक आर्थिक र भौतिक सहयोग गर्न समेत तयार रहेको भन्दै बोर्ड बैठकबाट अनुमोदन गरेर फाउन्डेसनलाई चाँडै पत्राचार गरिने पनि उल्लेख गरिन्।


