![]()
बीबीसी । अमेरिकी खेलाडी जोन इस्नरले मियामी ओपन टेनिसको उपाधि जितेका छन् । े फाइनलमा जर्मनीका एलेक्जेन्डर जेभरेभलाई पराजित गर्दै इस्नरले पुरुषतर्फको उपाधि जितेका हुन् ।
फ्लोरिडामा भएको फाइनलमा १७ औं बरियताका इस्नरले जेभरेभलाई ६ – ७ (७ – ४), ६ – ४ र ६ – ४ को सेटमा पराजित गर्दै उपाधि हात पारे । पाँचौ बरियताका जेभरेभविरुद्ध पहिलो सेट गुमाएपनि इस्नरले त्यसपछिको दुई सेटमा लगातार जित निकाल्दै उपाधि जितेका हुन् ।
३२ वर्षे इस्नरले यो करियरकै सबैभन्दा ठूलो उपाधि हो । यो उपाधिसँगै इस्नर विश्व वरियताको नवौं स्थानमा उक्लिएका छन् ।


