Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

बीबीसी । विदेशी स्टील र एलुमिनियमा कर बढाउने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको हालैको निर्णयपछि चीनले पनि अमेरिकाबाट आयात गरिने सामग्रीहरूमा भन्सार दर बढाइदिएको छ।

चीनले बङ्गुरको मासु र वाइनसहित अमेरिकाबाट आयत गरिने १२८ बस्तु र सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाउने निर्णय गरेको हो । चिनियाँ कदमले सोमवार आयात हुने करिब ३ अर्ब डलर बराबरको सामान प्रभावित हुने अनुमान गरिएको छ।
अमेरिकाको नयाँ कर प्रणालीले पारेको क्षति कम गर्न र “चिनियाँ चासो र सन्तुलन बचाउनका लागि“ पछिल्लो कदम चालिएको बेइजिङले जनाएको छ।

यसअघि चीनले आफूले व्यापार युद्ध नचाहेको तर आफ्नो अर्थतन्त्रमा असर परे चुप लागेर नबस्ने बताएको थियो। ट्रम्पले चाहिँ “व्यापार युद्धहरू राम्रो हुने“ र त्यस्तो स्थितिमाथि “जित हासिल गर्न“ अमेरिकालाई सहज हुनेमा जोड दिएका थिए।

अमेरिकाबाट आउने सुख्खा फल, जिन्सेङ वाइन र स्टिल बारमा १५ प्रतिशतले भन्सार दर बढ्ने चीनको भनाइ छ। उस्ले थप बस्तु र सामानमा भन्सार बढ्न सक्ने संकेत गरेको छ। मार्च २२ मा अमेरिकाले चीनबाट आउने ६० अर्ब डलर बराबरको सामानमा करको दर बढाउने र अमेरिकामा चिनियाँ लगानीलाई सीमित बनाउने घोषणा गरेको थियो।

अमेरिकाको भनाइमा चीनले वर्षौंदेखि गरिरहेको भनिएको प्रतिलिपि अधिकारको चोरीको बदलामा त्यस्तो कदम चालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed