![]()
बिरानटगर । विराटनगरको इतिहास र गौरवसँग जोडिएको विराट गोल्डकप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । प्रदेश १ को अस्थायी मुकाम घोषणा गरिएपछि ऐतिहासिक, राजनीतिक र औद्योगिक सहर विराटनगरमा विराट गोल्डकप सबैभन्दा ठूलो खेल प्रतियोगिता हो।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रतियोगिताको उद्घाटन गरेका छन । उद्घाटन खेलमा भुटानको थिम्पु फुटबल क्लब र आयोजक मोरङ ११ बीच भिडन्त भएको छ ।
प्रतियोगिता चैत २६ सम्म संचालन हुने छ । दिवा र रात्रिकालीन समयमा खेलाइने प्रतियोगितामा विदेशी दुईसहित १० टोलीको सहभागिता रहेको छ ।
चैतको गर्मी र हावाहुरी छल्न रात्रिकालीन म्याच खेलाउन लागिएको हो। राति खेलाउँदा दर्शकबाट पनि भरपूर साथ पाउने अपेक्षा आयोजकको छ। प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ खर्च गरेर ६ वटा फ्लड लाइट जडान गरिएको छ। महिला दर्शकका लागि छुट्टै प्याराफिटको व्यवस्था गरिएको छ।
प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।


