Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्यालेस्टाइन प्रदर्शनकारीमाथि इजरायली सेनाको गोली, १६ जनाको ज्यानगयो

Loading

बीबीसी । गाजा क्षेत्रमा प्यालेष्टिनी समूहले गरेको प्रदर्शनका क्रममा इजरायली सेनाले चलाएको गोली लागेर कम्तिमा पनि १६ जनाको ज्यान गएको छ। सीमा नजिकैको गाजा क्षेत्रका विभिन्न स्थानमा गरिएका प्रदर्शनमा इजरायली सेना र प्यालेष्टिनी समूहहरूबीच भएका झडपमा १६ जना प्यालेष्टिनीको मृत्यु भएको हो । घटनामा एक हजार ४०० भन्दा बढी घाइते भएका छन् ।’

६ हप्ता लामो आन्दोलनको घोषणा गरेको प्यालेष्टिनी समूह सुरुमै गाजा र इजरायलको सीमा छुट्टयाइएको पर्खालतिर प्रदर्शन गर्दै अघि बढेपछि भएका झडपमा ठूलो संख्यषमा प्यालेष्टिनी घाइते बनेका हुन् ।

‘इजरायली सेनाले रबरका गोली, अश्रुग्यास तथा ‘लाइभ फाएर’ द्वारा आक्रमण गरेको थियो’, गाजा क्षेत्रबाट प्राप्त समाचारमा भनिएको छ । प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दिएको सूचनामा घाइतेमध्ये अधिकांश रबरले मोडिएका स्टीलका गोली र अश्रुग्यासको असरले प्रभावित भएका छन् ।

झण्डै आधा घण्टाको समयमा दुई दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते अवस्थामा अस्पताल र्पुयाइएको थियो । तर इजरायली सीमा सुरक्षा बलले विज्ञप्ति जारी गरेर भनेको छ, ’गाजा क्षेत्रबाट हजारौँको सङ्ख्यामा आएका प्रदर्शनकारीले सीमास्थित सुरक्षाबारतर्फ आक्रमण गरेपछि बाध्य भएर दङ्गा नियन्त्रण गर्न केही राउण्ड गोलीसमेत चलाइएको हो ।’

यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुथ्रेसले गाजा क्षेत्रमा भएको हिंसात्मक झडपबारे स्वतन्त्र र पारदर्शी अनुसन्धान गर्न आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed