![]()
बीबीसी । अमेरिकाकी सलोन स्टेफन्स र लात्भियाकी एलेना ओस्टापेन्को मियामी ओपन टेनिस प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। महिला एकलतर्फको खेलमा १३औं वरीयताकी स्टेफन्सले बेलारुसकी बलियो प्रतिद्वन्द्वी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै फाइनलको यात्रा तय गरेकी हुन ।
छैटौं वरीयतामा आसीन ओस्टापेन्को भने अमेरिकाकी ड्यानियल कोलिन्सलाई पाखा लगाउँदै प्रतियोगिताको फाइनलमा पुगेकी हुन्। उनले यसअघि क्वार्टरफाइनल खेलमा आफ्नै राष्ट्रकी अनुभवी खेलाडी भेनस विलियम्सलाई पराजित गरेकी थिइन्। ३७ वर्षीया भेनस मियामी ओपनकी तीन पटककी उपाधिधारी खेलाडी हुन्।
फाइनलमा पुगेका दुवै खेलाडीले यो वर्ष एक/एक ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जितेकाले पनि उपाधि भिडन्त रोमाञ्चक हुने अनुमान छ ।


