Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

एजेन्सी । गुगलले वेब लिंङ्क छोटो पार्ने सेवा goo.gl बन्द गर्ने भएको छ। २००९ देखि सुरु भएको गुगल युआरएल सर्टनरलाई २०१८ मार्च ३० देखि सपोर्ट गर्न छोडेको गुगलले जनाएको छ।

उसले प्रयोगकर्ताका लागि अन्य लिंक सर्टनर पनि विकल्पका रुपमा उपलब्ध भएको भन्दै आफ्नो सेवा बन्द गर्ने घोषणा गरेको हो। २०१८ अप्रिल १३ सम्ममात्र हालका प्रयोगकर्ताले यो सेवा प्रयोग गर्न पाउनेछन्। २०१९ मार्च ३० मा यो सेवा पूर्ण रुपमा बन्द हुने गुगलले जनाएको छ।

त्यतिन्जेल आफ्ना लिंकको एनालिटिक्स तपाईँले हेर्न पाउनुहुनेछ। bit.ly, t.co, ow.ly  लगायतका युआरएल सर्टनर गुगलसँगै धेरै प्रयोग हुने सेवामा पर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed