Breaking News.... EverestOnlineKhabar
June 4, 2026

एमाले र माओवादीको पार्टी एकतामा ‘थप जटिलता’, सपार्ने भन्दा बिगार्ने बढी

Loading

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको गृहकार्य अन्तिम चरणमा पुगेको बताइएकाबेला एकता नै नहुने खतरनाक संकेत बाहिरिएका छन ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्मानजनक एकता अर्थात ५०/५० को भागवण्डा भएमात्रै पार्टी एकता हुने अडान लिएपछि समस्या भएको छ । अध्यक्ष दाहाललाई यो अडानमा पुर्याउन पार्टी भित्रैका नेताहरुले दबाब दिएका छन । निर्वाचनका बेला ६०/४० को भागवण्डा भएकाबेला निर्वाचनको परिणाम भने ७०/३० को हिसाबमा आएको थियो ।

निर्वाचनमा भागवण्डा भन्दा पनि कम सिट आएको माओवादीले अहिले आएर ५०/५० को हैसियत खोज्नु शंकास्पद मानिएको छ । यसले एमाले अध्यक्ष केपी ओलीलाई नराम्ररी झस्काएको छ ।

एमालेमा अध्यक्ष ओली निकटकै नेताहरु ५०/५० को भागवण्डामा जान नहुने भन्दै ओलीलाई दबाब दिइरहेका छन । ओली भने कुनैपनि हालतमा आफनो भारत भ्रमण अघि नै पार्टी एकता गर्ने मुडमा छन । हतारमा जथाभावी निर्णय गरे स्थिति ठीक नहुने भन्दै उनलाई वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुषाल लगायतले चेतावनी दिइरहेका छन । आफनै गुटका उपमहासचिव पौडेलले पनि सजक गराएपछि अध्यक्ष ओली हच्किएका छन ।

‘प्रधानमन्त्रीको भारत भ्रमणको समय आइसकेको छ । समय अत्यन्त छोटो छ, पार्टी एकता घोषणाअघि पार्टी्भित्रै गर्नुपर्ने केही कामहरू अझै बाँकी छन् । यसले गर्दा भ्रमणअघि एकता घोषणा हुने सम्भावना अत्यन्त कम छ’, माओवादीका एक शीर्ष नेताले भने, ‘अब प्रधानमन्त्री फर्केपछि मात्रै घोषणा गर्न सकिन्छ ।’ उनका अनुसार अबको एकसातामा कुनै चमत्कार भएमात्रै ओलीको भारत भ्रमणअघि एकता हुनेछ ।

एकताको आधार तयार गर्न गठित दुवै दलका नेता सम्मिलित दुई छुट्टा–छुट्टै कार्यदलको काम पनि निकै सुस्त भएको छ । कार्यदलका नेताहरु नै मन्त्री भएपछि पार्टी एकताको गति सुस्त भएको हो ।

एकताका लागि विवादका विषय यस्ता छन
१. जनयुद्ध कि जनक्रान्ति
विधान मस्यौदाको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिए पनि ‘जनयुद्ध’ शब्दमा विवाद छ । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को भाव समेट्ने एमालेको तर्क छ । तर, माओवादीले ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने भनिरहेको छ ।

२. सूर्य र हँसिया–हथौडाको लफडा
चुनाव चिन्हमा पनि कुरा मिलेको छैन । माओवादीले सूर्य्भित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने भनेको छ । उसको माग मान्न एमाले तयार छैन । एमाले सूर्य चिह्न मात्रै राख्नुपर्ने पक्षमा छ । जनस्तरमा परिचित भएकाले सूर्य चिह्न बढी प्रभावकारी हुने एमालेको जोड छ ।

३. बाँडफाँडको अनुपात के ?

दुई पार्टीका भागबन्डा कुन अनुपातमा गर्ने भन्ने विषय पेचिलो बनेको छ । माओवादीले समानताको आधारमा एकीकरण हुनुपर्ने बताएको छ भने एमालेले बढीमा ६०–४० को अनुपातमा एकीकरण गर्न सकिने बताएको छ ।

४. समय अभाव
प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति सरकारले आधिकारिक रूपमा सार्वजनिक नगरे पनि २३ गतेबाट हुँदैछ । अब यो समय आउन एक साता मात्रै बाँकी छ । तीन दिनका लागि हुने उक्त भ्रमणका एजेन्डा र अन्य तयारीसमेत गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed