![]()
काठमाडौं । कलाकार सिताराम कट्टेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन ।
४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका धुर्मुसले अब अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा जुट्ने घोषणा गरेका हुन । फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने जानकारी दिएका हुन । उनका अनुसार चाँडै रंगशाला निर्माण समिति बन्नेछ र त्यही समितिको रोहबरमा रंगाशाला बन्नेछ ।
‘यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभएर राष्ट्रकै अभियान हो,’ धुर्मुसले लेखेका छन् । नेपालले एक दिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटको मान्यता पाएपछि उनीमाथि क्रिकेट रंगशाला निर्माणको अभियान अघि बढाउन जनस्तरबाट दवाव बढेको थियो ।
धुर्मुसले यसअघि नमूना नेपाल नामको अर्को परियोजना घोषणा गरेका थिए । उनले दुवै परियोजना आफूहरुका लागि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै सोधेका छन, ‘अब भन्नुहोस कुन चाहिँ पहिला ?’
यसको जवाफमा धेरैबाट पहिले क्रिकेट रंगशाला निर्माण हुनुपर्ने प्रतिक्रिया आएको छ ।


