Breaking News.... EverestOnlineKhabar
June 4, 2026

भेनेजुएलाको एक प्रहरी कार्यालयमा रहेको बन्दीगृहमा झडप र आगलागी, ७० जनाको मृत्यु

Loading

बीबीसी । भेनेजुएलाको काराबोबो प्रदेशस्थित भ्यालेन्सिया शहरमा रहेको एक प्रहरी कार्यालयमा रहेको बन्दीगृहमा ठूलो झडप भएको छ । कैदीहरु जेल तोडेर भाग्न खोजेपछि उनीहरुको प्रहरीसंग भिडन्त भएको थियो । त्यसक्रममा ७० जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन ।

कैदीहरुले आफू सुत्ने डसनामा आगो लगाएपछि ठूलो आगजनी समेत भएको थियो । लगत्तै त्यहाँ झडप तथा भागदौड मच्चिएको थियो । कैदीहरु राखिएको स्थानमा आगलागी भएको खबर फैलना साथ त्यहाँ सयौंको संख्यामा कैदीका आफन्तहरु पुगेका थिए ।

भेनेजुयलाका महान्यायधिवक्ताले घटनाको निष्पक्ष छानबिन गरिने बताएका छन् । भेनेजुयलाको कारागारमा यसअघि पनि कैदीहरु तथा प्रहरीबीच झडपको घटना हुने गरेको थियो । मृत्यु हुनेमा थुनुवालाई भेट्न गएका महिला तथा बालबालिका समेत भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed