![]()
बीबीसी । अष्ट्रेलियन क्रिकेटर डेभिड वार्नरले ‘बल टेम्परिङ’ कार्य गल्ती भएको भन्दै सबैसंग माफी मागेका छन । उनले अष्ट्रेलियालाई लागेको कालो दागप्रति दुःख व्यक्त गर्दै माफि मागेका हुन ।
‘बल टेम्परिङ’ गरेको घटनालाई स्वीकार्दै वार्नरले अष्ट्रेलिया र विश्वभरका क्रिकेट प्रशंसक र समर्थकसँग गल्ती गरेकोमा माफि मागेका हुन् । डेभिड वार्नरले भने “हामीले गल्ती गरेका छौ । जसले गर्दा क्रिकेटमा ठूलो क्षति पुगेको छ । क्रिकेटमा माया गर्ने सबैप्रति यो दाग हो ।”
अष्ट्रेलिया क्रिकेट बोर्डले बुधबार कप्तान स्टेभन स्मिथ, उपकप्तान डेभिड वार्नर र ब्याट्सम्यान क्यामरुन बेनक्राफ्टलाई प्रतिबन्ध लगाएको थियो । कप्तान स्टेभन स्मिथ र वार्नरलाई बोर्डले १ वर्ष कुनै पनि खेल खेल्न नपाउने र २ वर्षसम्म कप्तान तथा उपकप्तानको जिम्मेवारी लिन नपाउने गरी प्रतिबन्ध लगाएको थियो ।


