Breaking News.... EverestOnlineKhabar
June 4, 2026

डाक्टर हुँ भन्दै २३ बर्षीया युवती बलात्कार गर्ने पूर्व सैनिक पक्राउ

Loading

काठमाडौं । आफूलाई गंगालाल अस्पतालको डाक्टर बताउँदै २३ बर्षीया एक युवतीलाई बलात्कार गर्ने एक पूर्व सैनिक पक्राउ परेका छन । काठमाडौं प्रहरीले पीडित महिलाको उजुरीका आधारमा काठमाडौं महानगरपालिका–२६ बाट २७ वर्षीय अर्जुन कोइरालालाई पक्राउ गरेको हो । कोइरालाले आफूलाई सन्तोष घलेको नामले चिनाउँदै आएका थिए । उनी सेनाका पूर्व जवान समेत हुन ।सेनामा कार्यरत रहेका बेला उनलाई जबरजस्ती करणी मुद्दामा जागिरबाट निकालेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

उनले युवतीलाई बिरामी चेकजाँच गर्न गंगालाल अस्पताल आउँदा म पनि डाक्टर हुँ, तिम्रो आमाको उपचारमा म सक्दो सहयोग गर्न सक्छु भन्दै सम्बन्ध बढाएका थिए । उनले काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित एक गेष्ट हाउसमा लगेर महिलालाई पटक–पटक यौन शोषण गरेका खुलेको छ ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान कार्य अघि बढाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed