Breaking News.... EverestOnlineKhabar
June 4, 2026

१२ महिनाको प्रतिबन्ध लागेपनि अष्ट्रेलियन कप्तान स्मिथ र उपकप्तान वार्नरले बिश्वकप र आइपीएल खेल्ने

Loading

एजेन्सी । अष्ट्रेलियाका दुई खेलाडीमाथि एक वर्ष र एकजनालाई नौ महिनाको प्रतिबन्ध लागेको छ। दक्षीण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङमा संलग्न भएपछि कप्तान स्टीभ स्मिथ र उपकप्तान डेविड वार्नरमाथि १२ महिनाको प्रतिबन्ध लगाइएको छ।

त्यस्तै बल टेम्परिङ गर्ने खेलाडी क्यमरुन बेनक्राफ्टलाई नौ महिनाको प्रतिबन्ध लगाएको छ । यी तीन खेलाडीले अब हुने विश्वकप भने खेल्न पाउनेछन्। यी खेलाडीको प्रतिबन्ध अवधि विश्वकप पहिल्यै पूरा हुने बताइएको छ। यी तीनै जनालाई भारतमा हुने आइपिएल भने खेल्न छुट दिइएको छ। तर, आइपिएलमा यी खेलाडीले कप्तानी भने पाउने छैनन्।

दक्षीण अफ्रिकाविरुद्धको तेस्रो टेस्टका क्रममा केमरुन बेनक्राफ्टले बल टेम्परिङ गरेपछि उनीहरू विवादमा तानिएका थिए। बेनक्राफ्टले आफूले बल टेम्परिङ गरेको र उक्त कुरा कप्तान स्मिथ र उपकप्तान वार्नरलाई पहिले नै थाहा भएको बताएपछि तीनै जनामाथि कारवाही अघि बढाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed