![]()
बाँके । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा व्यक्तिवादी भएकाले पार्टी नै कमजोर भएको आरोप लगाएका छन ।
नेपाल प्रेस युनियन, बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले सभापति देउवाको जस्तो काम चलाउ शैलीबाट पार्टी नचल्ने दाबी गरे । उनले भने–‘ देउवाको शैलीले काँग्रेसलाई बलियो र संगठित बनाउँदैन । ’
“विधिलाई कुल्चेर नेतृत्व व्यक्तिवादी भएका कारणले नै काँग्रेसको सांगठनिक अवस्था कमजोर भएको हो।” नेता सिंहले भने ।
नेपाली कांग्रेसलाई जीवन्त बनाउने हो भने अहिलेको नेतृत्व परिवर्तनको विकल्प नभएको उल्लेख गर्दै नेतृत्वको टालटुले कुरा र व्यवहार नै कांग्रेस अघि बढन नसकेको जिकीर गरे ।
नेता सिंहले कांग्रेसभित्र आमूल परिवर्तनको खाँचो छ भएको र यसका लागि नेतृत्व फेरेर सुरुवात गर्नुपर्ने धारणा राखे ।


