Breaking News.... EverestOnlineKhabar
August 29, 2026

Loading

बीबीसी । म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वा्चित भएका छन्। उनी सत्तारुढ दलकातर्फबाट उम्मेदवार बनेका थिए । मिन्त म्यानमारकी विदेशमन्त्री आङ सान सुकीको दलका र उनका निकटस्थ मध्येका एक हुन्।

सन् १९४८ पछि उनी म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वा्चित भएका हुन्। ६३६ जना सांसदले मतदान गरेकोमा उनले ४०३ मत प्राप्त गरेका थिए।

मिन्तले म्यानमारको सभामुख भएर काम गरिसकेका छन। मिन्तका प्रतिस्पर्धी दुई उम्मेदवारमध्ये एकजनाले २११ र अर्काले १८ मत मात्र प्राप्त गरेका थिए।

म्यानमारका पूर्व राष्ट्रपति उ तिन कायले गत हप्ता राजीनामा दिएपछि त्यहाँका उप राष्ट्रपतिले कार्यबाहक राष्ट्रपतिका रुपमा रहेर काम गरिरहेका थिए। कायले आफ्नो स्वास्थ्यका कारण राजीनामा दिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.