Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

म्याग्दी । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ छिट्टै बजारमा आउने भएको छ।

जिल्लाको दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा औषधि ढुवानी, महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमुनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठवटा पंखा भएको र दुईवटा पखेटा भएको जहाजजस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको छ ।

ड्रोन बनाउने क्रममा पटक–पटक परीक्षण उडानसमेत गरिएको थियो। ड्रोनले औषधि लिएर गन्तव्यस्थान पुगी औषधि छोडेर एयरपोर्टमा फर्किनेछ।

नेपालका अति दुर्गम क्षेत्रका स्वास्थ्य चौकीमा नियमित औषधि ढुवानी, विभिन्न रोगको प्रकोप फैलिएमा तत्काल ड्रोनको प्रयोग गरी आवश्यक उपकरणसहितका मेडिकल सामग्री पुर्याउनसमेत सहज हुने छ ।

औषधि ओसारपसार गर्न पहिलोपटक प्रयोग गर्न लागिएको ड्रोनले अन्तर्रा्ष्ट्रियस्तरका आविष्कार केन्द्रलाई समेत आकर्षित गर्ने बताइएको छ । पुनले स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरेपछि गृह मन्त्रालय र अन्य आवश्यक मन्त्रालयसँग सहकार्य गरिने जानकारी दिए ।

केन्द्रले निर्माण गरेको ड्रोन करिब २० किलोमिटरसम्म उडान भर्न सक्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed