![]()
काठमाडौं । काठमाडौंमा सडक बिस्तारको बिरोधमा स्थानीय नेवार समुदायका मानिसहरु प्रदर्शनमा उत्रिएका छन ।
उपत्यकाका विभिन्न स्थानमा सडक विस्तारका नाममा स्थानीय बासिन्दाको उठीवास लगाउने र प्राचीन शहरी सम्पदा ध्वस्त बनाउन थालिएको भन्दै उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन । प्रदर्शनमा हजारभन्दा बढीको सहभागिता थियो ।
उपत्यकामा सडक विस्तारका नाममा पुराना बस्तीहरूमात्र हैन, शताब्दीयौं पुराना सांस्कृतिक सम्पदासमेत ध्वस्त हुने भएपछि संघर्ष समिति नै बनाएर उपत्यकावासी सडकमा ओर्लेका छन् ।

प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरी र प्रर्दशनकारीबीच केहीबरे झडप भएको थियो । ३ प्रहरी घाइते भएको र १६ प्रदर्शनकारी पक्राउ परेको प्रहरीले जनाएको छ । भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा र आश्रुग्याँस प्रहार गरेको थियो ।


