![]()
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालले बर्तमान सरकारको नीतिबारे बिश्वले चासोपूर्वक हेरिरहेको बताउनुृ भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा विदेशी कूटनीतिज्ञहरुसंगको बैठकपछि बाहिरिदै नेता खनालले बिश्वको ध्यान नयाँ सरकारको आगामी नीति, कार्यक्रम र गतिविधिमा केन्द्रीत भएकाले त्यसै बमोजिम अघि बढ्नुपर्ने बताउनुभयो ।
नेता खनालले भन्नुभयो, ‘नेपालमा नयाँ सरकार बनेको छ। यो सरकारले कस्ता पोलिसी, नीति नियम लिएर आउँछ भन्ने विश्वलाई चासोको विषय बनेको छ।’
पूर्व प्रधानमन्त्री खनालले बिश्वको ध्यान आकृष्ट भएका कारण प्रधानमन्त्री केपी ओलीले मिसन प्रमुख र राजदूतहरुलाई बोलाएर ब्रिफिङ गरेको जानकारी दिनुभयो ।
नेता खनालले नेपाल सरकारका नीति नियम, प्राथमिकता र अबका योजनाबारे प्रधानमन्त्रीले व्याख्या गरेको जानकारी पनि दिनुभयो । उहाँले सरकारले अन्तर्रा्ष्ट्रिय समुदायसँग घनिष्ठ सम्बन्धसहितको सहकार्य राख्न चाहेको पनि उल्लेख गर्नुभयो ।
बामगठवन्धनको सरकार नेपाली समाजलाई सामाजिक र आर्थिक रुपमा परिवर्तन गर्ने उद्देश्यकासाथ अघि बढेकाले अन्तर्रा्ष्ट्रिय समुदायको सहयोग र साथ आवश्यक पर्ने उहाँले बताउनुभयो ।


