Breaking News.... EverestOnlineKhabar
June 4, 2026

विराटनगरमा बिराट क्रिकेट कप हुने भएपछि कप्तान खड्का दंग

Loading

काठमाडौं । मोरङको विराटनगरमा पहिलो पटक विराट क्रिकेट कप प्रतियोगिता हुने भएको छ । पूर्वाञ्चल क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

प्रतियोगिता विराटनगरस्थित पुलिसको टेनिङ सेन्टर मैदानमा प्रतियोगिता हुनेछ । प्रतियोगिता आगामी वैशाख २० देखि जेठ ५ गतेसम्म गर्ने तयारी गरिएको छ ।

प्रतियोगिता ५० ओभरको फम्र्याटमा हुनेछ । नेपालमा लामो समयपछि ५० ओभरको खेल हुन लागेको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । २ समूहमा विभाजन गरी गरिने प्रतियोगिता गरिने पूर्वाञ्चल क्रिकेट एकेडेमीले जनाएको छ ।

नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले धैरैपछि ५० ओभरको खेल विराटनगरमा हुन गई रहेकोमा खुशी रहेको बताए । कप्तान पारसले भने, “नेपालमा ५० ओभरको खेल धेरै भएको छैन । यस्ता प्रतियोगिताले राम्रा खेलाडी उत्पादनमा मद्दत गर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed