Breaking News.... EverestOnlineKhabar
October 2, 2026

भारतमा बिहारको औरंगाबादमा साम्प्रदायिक हिंसा, तीन जनालाई गोली, दर्जनौ पसलमा आगजनी

Loading

एजेन्सी । भारत बिहारको औरंगाबादमा साम्प्रदायिक हिंसा भएको छ । रामनवमीको दिनबाट हिंसाको सुरु भएको हो । जामा मस्जिद क्षेत्रमा सोमबार रामनवमीको जुलूसमा गइरहेको एक समुहले ढुंगामुडा गरेपछि हिंसा भड्किएको हो ।

ढुंगामुढापछि भएको झडपमा तीन दर्जन बढी पसलमा आगजनी भएको छ भने १० जना घाइते भएका छन् । झडपमा तीन जनालाई गोली लागेको छ जसमध्ये पेटमा गोली लागेका एक जनाको स्थिति गम्भीर छ । दुई जनालाई खुट्टामा गोली लागेको छ । हिंसामा सम्लग्न दुवै समुदायका १५० जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

हिंसापछि औरंगाबादमा इंटरनेट बन्द गरिएको छ । घटनापछि प्रहरीले उच्च सतर्कता अपनाएको छ । हिंसामा दुवै पक्षले ढुंगामुढा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed