![]()
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग १२ वर्षअघि यौन सम्बन्ध रहेको बारे नबोल्न भन्दै आफूमाथि धम्की आएको पोर्नस्टारस्ट्रोमी ड्यानियल्सले बताएकी छन् ।
वास्तविक नाम स्टेफानी क्लिफोर्ड रहेकी स्टेफानी र ट्रम्पबिच सन् २००६ मा सम्बन्ध कायम भएको सार्वजनिक भएपछि ट्रम्पको आलोचना हुँदै आएको छ ।
सिबिएस न्युजसँगको कुराकानीको क्रममा स्ट्रोमीले आफूलाई सन् २०११ मा एक अपरिचित व्यक्तिले लस वेगासमा ट्रम्पसँगको सम्बन्धको बारेमा नबोल्न भन्दै धम्की दिएको बताएकी हुन् । ती व्यक्तिले ट्रम्पसँगको सम्बन्धका बारेमा बोलेमा आफ्नो छोरीमाथि खतरा हुने चेतावनी दिएको उनले बताइन ।
ट्रम्पले भने स्ट्रोमीसँग आफ्नो कुनै किसिमको सम्बन्ध नरहेको बताउँदै आएका छन् । स्ट्रोमीले आफू र ट्रम्पबिच एक पटक मात्रै यौन सम्बन्ध भएको बताएकी छन् ।
सन् २००६ को जुलाइमा क्यालिफोर्नियाको लेक टाहोइमा भएको गल्फ टुर्नामेन्टको सेलिब्रेसन स्वरुप होटलको कोठामा आफू र ट्रम्पबिच यौन सम्बन्ध कायम भएको उनले बताएकी छन् ।


