Breaking News.... EverestOnlineKhabar
June 4, 2026

ईयूको प्रतिवेदनमा कांग्रेसको आपत्ती, मर्यादामा बस्न चेतावनी

Loading

काठमाडौं । नेपाली कांग्रेसले युरोपियन युनियन (ईयू) को प्रतिवेदनप्रति गम्भीर असहमति प्रकट गर्दै मर्यादामा बस्न चेतावनी दिएको छ ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले ईयूको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदन सीमा भन्दा बाहिर गएकोमा असन्तुष्टि पोखेका थिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सम्पन्न भएसँगै पार्टीले त्यसबारेमा आधिकारीक धारणा सार्वजनिक गरिने जानकारी गराए। उनले इयु प्रतिनिधिमण्डलको प्रतिवेदनका केही अंशप्रति आपत्ति जनाउँदै क्षेत्राधिकार नाघेर प्रतिवेदन आएको आरोप लगाए। उनले भने, ’इयुले यो प्रतिवेदन तत्काल सच्याउनुपर्छ । नेपालको संविधान र कानुनबारे टिप्पणी गर्न इयुलाई छुट छैन ।’

तेस्रो दिनको बैठकमा गोविन्द भट्टराई, रमेश लेखक, डा डिला संग्रौला र लक्ष्मी परियारले धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed