Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

काठमाडौ,चैत ।
शिक्षा एेन नवौं संशोधनको विरोधमा प्रतिपक्ष दल कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले आज देखि आमरण अनशन शुरू गर्दैछ ।
संघका पाँच जना युवाले आज अपरान्ह ४ बजेदेखि माइतीघर मण्डलामा आमरण अनसन शुरु गर्न लागेको जनाइएको छ ।
नेविसंघका एक नेताका अनुसार अस्थायी शिक्षकको माग पूरा गर्ने नाममा युवाहरुलाई प्रतिस्पर्धाबाट वञ्चित गरिएको छ । शिक्षित बेरोजगार बढिरहेको अवस्थामा खुकुलो प्रावधान सहित अस्थायी शिक्षकहरुलाई स्थायी गर्न लागिएकोप्रति आपत्ति जनाइएको छ ।
चैत्र २३ मा सञ्चालन गर्न लागिएको अस्थायी शिक्षक परीक्षा रोक्न नेविसंघले माग गरेको छ। २२ हजार स्थायी दरबन्दीका लागि २३ हजारले प्रतिस्पर्धा गर्दैछन्। उत्तीर्ण हुनका लागि अस्थायी शिक्षकले पूर्णाङ्कको ४० प्रतिशत अंक ल्याए हुने प्रावधान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed