Breaking News.... EverestOnlineKhabar
June 4, 2026

पार्टी एकताको खाका तय गर्न गठित कार्यदलले बुधबारसम्म प्रतिवेदनलाई अन्तिमरुप दिने

Loading

काठमाडौ,चैत ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठन भएको राजनीतिक प्रतिवेदनसम्बन्धी कार्यदलले आगामी बुधबार मस्यौदालाई अन्तिमरुप दिने भएको छ ।सिंहदरबारस्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको कार्यदलको बैठकमा मस्यौदामाथि गहन र विस्तृतरुपमा छलफल भएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
उनले भनेः‘मस्यौदामाथि दुवै पक्षले आ–आफ्ना सुझाव राख्ने र छलफल गर्ने काम पूरा भएको छ, सबै सुझाव समेटेर कार्यदलले १४ गते बस्ने बैठकमा प्रतिवेदनलाई अन्तिमरुप दिनेछ ।’ नेकपा एमालेका नेता माधवकुमार नेपाल संयोजक रहेको उक्त कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र नेम्वाङ तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल छन् ।
कार्यदलले तयार गरेको प्रतिवेदन पार्टी एकता संयोजन समितिलाई बुझाउनेछ । दुवै पार्टीका शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रममार्फत् पार्टी एकता छिट्टै घोषणा हुने बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed