![]()
बिराटनगर । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राष्ट्रिय एकता र मौलिकतालाई जोगाइ राख्न त्यही प्रकारको शिक्षा आवश्यक रहेको बताउनु भएको छ ।
मोरङको कटहरी गाउँपालिका–१ मा नवनिर्मित पशुपति शिक्षा मन्दिरको उद्घाटन गर्दै मुख्यमन्त्री राईले शिक्षाको आवश्यकतामा जोड दिनुभएको हो । उहाँले भन्नुभयो, ‘ राष्ट्रिय एकता कमजोर हुँदै गैरहेको छ, यसका लागि शिक्षामा जोड दिन जरुरी छ । ’
मुख्यमन्त्री राईले दक्ष जनशक्ति उत्पादन गर्न सहयोगी हुने पाठ्यक्रम तर्जुमा गर्न प्रदेश सरकार कटिबद्ध रहेको पनि बताउनुभयो ।
कार्यक्रममा सहभागी नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले प्रदेश नं १ सिक्किम, पश्चिम बंगाल र विहारसँग जोडिएकाले भारतका लागि महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।


