![]()
भक्तपुर । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारले गलत काम गरेमा तत्काल विरोध गर्न युवा विद्यार्थीलाई निर्देशन दिएका छन् ।
पार्टी सम्वद्ध अखिल क्रान्तिकारीको राष्ट्रिय प्रशिक्षण कार्यक्रममा वोल्दै नेता श्रेष्ठले सरकारका ठिक कामको समर्थन र गलत कामको तत्काल विरोध गर्न निर्देशन दिए ।
श्रेष्ठले भने, ‘सरकारले राम्रो काम गरे दृडतापुर्वक समर्थन गर्नुस्। तर नराम्रो काम गरे तुरुन्त हस्तक्षेप गर्नुस्।’
अखिल क्रान्तिकारी केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित दुई दिने प्रशिक्षक प्रशिक्षणमा नेता श्रेष्ठ सहित गिरिराजमणि पोखरेल,राम कार्की,झलक सुवेदी ,हरि रोक्का,हितमान शाक्य र रञ्जित तामाङले प्रशिक्षण दिइरहेका छन । प्रशिक्षक प्रशिक्षणलाई मुलतः समाजवाद र समाजवादी शिक्षाको प्रारुपमा केन्द्रीत छ ।


