![]()
काठमाडौं । नई प्रकाशनले अन्तर्रा्ष्ट्रिय क्षेत्रका दुई व्यक्तित्वलाई २०७४ सालको नई अन्तर्रा्ष्ट्रिय पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
नई प्रकाशनले रु तीन लाख राशिको नइ देरुनीख अन्तर्रा्ष्ट्रिय पुरस्कार जर्मनीका प्राडा मानफ्रेद गेरर्हाड थ्रोई र एक लाख रुपैयाँ राशीको ‘नई गणेशदुर्गा पुरस्कार’ इजरायलमा रहेकी भगवति बस्नेतलाई प्रदान गर्ने निर्णय गरेको हो ।
थ्रोईले चार दशकदेखि संस्कृत भाषाको विस्तारका साथै नेपालको शिक्षा सेवामा मन, वचन र कर्मले समर्पित रहँदै नेपालका विविध भाषाको चालीस हजार हस्तलिखित ग्रन्थको सूचीसमेत तयार गरी महत्वपूर्ण योगदान पुर्याएबापत पुरस्कार समर्पण गर्न लागिएको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिनुभयो ।
यसैगरी नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सिर्जनात्मक र सङ्गठनात्मक रुपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति भगवती बस्नेतलाई ‘नई गणेशदुर्गा अन्तर्रा्ष्ट्रिय पुरस्कार दिने निर्णय भएको हो ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको ९९ औं जन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते ती पुरस्कार प्रदान गरिने छ ।


