Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

एजेन्सी । विश्व नम्बर एक स्विस खेलाडी रोजर फेडेरर मायामी ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएका छन् । फ्रान्सका तानासी कोकिनकिससँग पराजित हुँदै फेडेरर प्रतियोगिताबाट बाहिरिएका हुन् ।

फ्लोरिडामा भएको खेलमा फेडेरर कोकिनकिससँग ३ – ६, ६ – ३ र ७ – ६ (७ – ४) ले पराजित भए । यो हारसँगै कीर्तिमानी २० औं पटकको ग्राण्डस्लाम च्याम्पियन फेडेररले विश्व नम्बर एक वरियता गुमाउने पक्का भएको छ । शीर्ष वरियतामा राफेल नाडालले फेडेररलाई रिप्लेस गर्ने छन् । यस्तै फेडेररले यो पटकको फ्रेन्च ओपन टेनिस नखेल्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed