Breaking News.... EverestOnlineKhabar
June 4, 2026

आफ्ना खेलाडी ‘बल टेम्परिङ’ मा फसेपछि अष्ट्रेलिया क्रिकेट बोर्डले छानबिन सुरु

Loading

बीबीसी । दक्षिण अफ्रिकाविरुद्धको टेष्टमा आफ्ना खेलाडी ‘बल टेम्परिङ’ मा फसेपछि अष्ट्रेलिया क्रिकेट बोर्डले छानबिन सुरु गरेको छ । शनिबार अष्ट्रेलियाका क्यामरुन बेनक्राफ्टले गरेको ‘बल टेम्परिङ’ बारे बोर्डले छानबिन सुरु गरेको हो ।

केपटाउनमा जारी टेष्टको दौरान बेनक्राफ्टले ‘बल टेम्परिङ’ गरेका थिए । बेनक्राफ्टले ‘बल टेम्परिङ’ गरेको भिडियो सार्वजनिक भएपछि अष्ट्रेलिया क्रिकेट बोर्डका सिईओ जेम्स सन्डरल्याण्डले घटनाबारे छानविन सुरु भएको बताएका हुन । सिईओ सन्डरल्याण्डले यो घटनालाई आश्चर्यजनक र निरासाजनक रहेको प्रतिक्रिया दिएका छन् ।

घटनाबारे छानबिन गर्न बोर्डले दुई सदस्यीय टोलीलाई दक्षिण अफ्रिका पठाएको समेत जनाइएको छ । त्यस्तै अष्ट्रेलियन सरकारले समेत यो घटनालाई गम्भीरतापूर्वक लिएको बताइएको छ ।

तेस्रो टेष्टको दोस्रो दिन ४३ ओभर चलिरहँदा फिल्डिङमा रहेका बेनक्राफ्टले ‘बल टेम्परिङ’ गरेका थिए । सार्वजनिक भएको भिडियोमा एक पहेलो वस्तुले बलको रुप बिगार्न रगडेको देखिन्छ । भिडियोमा बेनक्राफ्टले बल रगडेपछि उक्त वस्तु लुकाउन खोजेको देखिन्छ ।

बेनक्राफ्टले शंकास्पद कार्य गरेपछि अम्पायरले समेत उनलाई सोधपुछ गरेका थिए । बेनक्राफ्टले अम्पायरलाई भने चस्मा सफा गर्ने कपडा देखाएका थिए । भिडियोमा भने अम्पायरले सोध्नुअघि बेनक्राफ्टले पहेंलो वस्तु गोजीबाट निकालेर आफ्नो ट्राउजरभित्र राखेको देखिएको छ ।
बेनक्राफ्टले आफूले गल्ती गरेको समेत स्वीकार गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed