Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

बीबीसी । पाकिस्तानको एउटा स्थानीय टेलिभिजन च्यानल कोहेनूरले एकजना तेस्रो लिङ्गी समाचारवाचिका मारवीय मलिकलाई स्थान दिएको छ।

कोहेनूर टेलिभिजनको उक्त कदमको सामाजिक सञ्जालमा त्यहाँ निकै प्रशंसा भइरहेको छ। पाकिस्तानको पछिल्लो जनगणना अनुसार तेस्रो लिङ्गीहरूको संख्या १० हजार ४१८ छ। सामाचारवाचिकाको रूपमा जागिर पाएकी मलिक लहोरकी हुन्।

पहिलो तेस्रो लिङ्गी समाचारवाचिका बनेकी मलिकले यसअघि ’मोड्लिङ’ गरिसकेकी छन्। मलिकले भनिन “कोहेनूर न्यूज पुनः आउन लागेको चर्चा सुनेर मैले पनि समाचारवाचिकाका लागि आवेदन दिएँ। अन्तर्वार्तामा धेरै महिला तथा पुरूष सहभागी थिए।“

“मेरो पालो आएपछि कर्मचारीले मलाई कुर्न भने। पछि मलाई भित्र बोलाइयो र तपाईँलाई हामी प्रशिक्षण दिन्छौँ, कोहेनूर न्यूजमा स्वागत छ भने। यति सुनेर खुशीले मेरा आँखाहरू रसाए।“

उनले थपिन, “मैले देखेको सपनाको पहिलो खुड्किलोमा टेकेकोले मेरा आँखाहरू रसाएका हुन्। प्रशिक्षणका क्रममा मलाई कुनै कठिनाइ भएन। अरूलाई जस्तै मलाई पनि उनीहरूले सिकाए। मैले कुनै प्रकारको भेदभाव महसुस गरिनँ।“

समाचारवाचिकाको प्रशिक्षणपछि हालै मलिक लहोरर्मा याम्पमा उत्रिएकी थिइन्। उनले आफू पाकिस्तानकी पहिलो तेस्रो लिङ्गी मोडल पनि भएको बताइन्। मलिकले लहोर ’फेशन शो’ मा ठूला मोडलहरूसँग सहभागी भएको बताइन्।

उनले भनिन, म आफ्नो समुदायका लागि केही गर्न चाहन्छु ताकि उनीहरूको अवस्था राम्रो हुन सकोस्। मलिकले थपिन, “मैले समाचारवाचिकाको जागिर पाएँ। तर मेरो र सडकमा माग्ने एवं नृत्य गर्ने तेस्रो लिङ्गीहरूको कथा उस्तै छ। र, त्यसलाई बदल्न जरूरी छ।“

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed