Breaking News.... EverestOnlineKhabar
June 4, 2026

सिरियाका बिद्रोहीहरु धमाधम शहर छोड्दै, घुटाको ७० प्रतिशत भूभाग सेनाको कब्जामा

Loading

बीबीसी । सिरियाली सरकारले दमास्कसको बाहिरी भेगमा पकड कायम गरिरहँदा विद्रोहीहरूले पूर्वी गुटाका थप नगरहरू छाडेका छन्। लडाकु, उनीहरूका परिवार र अरू मानिस बोकेका बसहरू क्षेत्रबाट बाहिरिएका छन्। योसँगै विद्रोहीहरूको पकड भएको अब दुमा नगर मात्रै छ। सरकारी फौज र एउटा स्थानीय विद्रोही समूह फेलक अल रहमानबीच भएको सहमतिपछि उनीहरूलाई बाहिरिन दिइएको हो।

पूर्वी घुटाको करिब ७० प्रतिशत भूभाग अहिले सरकारी नियन्त्रणमा आएको छ। गत महिना रुसी सेनाको सहयोगमा सिरियाली सरकारी फौजले उक्त क्षेत्रमा कारबाही थालेयता सयौँ मानिसहरू मारिएका छन्।

पछिल्ला हप्तामा सरकारी फौजले पूर्वी घुटालाई तीनवटा क्षेत्रमा विभाजन गरी कारबाही थालेपछि बाहिरिनका लागि वार्ता गर्न विद्रोहीहरू बाध्य भएका थिए। जामाल्का, आर्बिन र ऐन तार्मा नगरबाट शनिवार बिहानैदेखि उनीहरू बाहिरिने कार्यक्रम तय भए पनि बसहरू अपरान्ह मात्रै आइपुगेका थिए।

सरकार फौज र फेलक अल रहमानबीच भएको सहमति अनुसार त्यहाँबाट निकालिएका मानिसहरूलाई विपक्षी नियन्त्रित इड्लिब प्रान्त लगिनेछ। आइतवार थप मानिसहरूलाई पठाइने अपेक्षा गरिएको छ।

अर्को विद्रोही समूह जैश अल इस्लामसँग दुमा नगर खाली गर्ने विषयमा वार्ता प्रयास जारी रहेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed