![]()
एजेन्सी । भारतीय अभिनेत्री प्रियंका र दिपिका पादुकोण एकपछि अर्को गर्दै सफलता प्राप्त गरिरहेका छन । उनीहरुले अभिनय गरेका फिल्मले एकपछि अर्को सफलता प्राप्त गर्न थालेपछि उनीहरुलाई भ्याइनभ्याई छ ।
तर, पछिल्लो समय बलिउड अभिनेत्री कट्रिना कैफले उनीहरुलाई कडा टक्कर दिन थालेकी छिन । कट्रिनाको फ्यान फ्लोइङ निकै बढेको छ । उनको लोकप्रियता भारतभित्र मात्रै सिमित नभई बिश्वभर फैलिएको छ ।
भारत बाहेकका मुलुकमा पनि उनको चर्चा चुलिँदै गएको एक सर्वेक्षणले देखाएको छ । केही मुलुकमा गरिएको सर्वेक्षण अनुसार कट्रिनाले सबैभन्दा लोकप्रिय भारतीय नायिकामा आफ्नो स्थान सुरक्षित गरेकी छिन् । हलिउड फिल्मसमेत खेलिसकेका अभिनेत्रीहरु दिपिका पादुकोण र प्रियंका चोपडा उनीभन्दा पछाडि छन् ।
बलिउड एवं क्षेत्रीय फिल्मका लागि गरिएको भिडियो अन डिमाण्ड स्ट्रिमिङ प्लेटर्फमद्वारा गरिएको अध्ययनले यो निष्कर्ष निकालेको हो । यो रिपोर्ट जनसांख्यिक आँकडामा आधारित रहेको अध्ययन गर्ने संस्थाले जनाएको छ । यसमा प्रवासी भारतीयले पनि मत दिएका थिए ।
अध्ययनअनुसार दिलजीत दोसाँझ भारतका सबै भन्दा लोकप्रिय पञ्जाबी अभिनेता घोषित भएका छन् । पञ्जाबी अभिनेत्री नीरु बाजवा दोस्रो स्थानमा छिन् ।


