![]()
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका सबैखाले विकृति तथा विसंगतिलाई अन्त्य गर्ने गरि आफूले पहलकदमी गर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री बिश्वकर्माले क्यान, ओलम्पिक र एन्फा लगायतका खेलकुद संघमा देखिएका विवाद तथा समस्याहरुलाई छिट्टै समाधान गर्ने विश्वास दिलाए ।
मन्त्री विश्वकर्माले सुशासन र सृमद्धि हासिल गर्ने कार्यमा केन्द्रीत भएर आफूहरुले कामको थालनी गरेको उनले बताए । मन्त्री विश्वकर्माले भने,‘नेपाली खेलाडीहरुले अन्र्तराष्ट्रिय स्तरमा कठोर मेहनतका साथ प्रस्तुत भएर उपलब्धिहरु हाँसिल गरेकोमा गर्व महशुस भएको छ, सिँगो राष्ट्रको गौरवलाई माथि उठाउन खेलाडीहरुले महत्वपूर्ण योगदान पुर्याउनुभएको छ, अन्र्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा मेहनत गर्नुहुने प्रशिक्षक, खेलाडी सबैमा बधाई तथा धन्यवाद र सम्मान अर्पण गर्दछु।’
मन्त्री बिश्वकर्माले भने, ‘खेलकुद क्षेत्रको विकास गर्नेगरि सु–व्यवस्थित् गर्ने संकल्प लिएको छु, खेलाडीहरुले अहिले भोग्नुपरेको समस्या र चूनौतीहरुलाई हल गर्नुपर्छ, युवा शक्तिलाई समृद्ध राष्ट्र निर्माणमा लगाउनेगरि व्यवस्थित् कार्ययोजना छिट्टै ल्याउँछु।’
सन् २०१९ मा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता हुने भएकोले उक्त प्रतियोगिता समयमै सम्पन्न गर्नेगरि आफूहरु तयारीमा जुटिसकेको पनि उनले जनाए । त्यस्तै ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि समयमै सम्पन्न गर्ने उनले विश्वास दिलाए ।


