Breaking News.... EverestOnlineKhabar
June 5, 2026

पूर्वच्याम्पियन वेष्ट इन्डिज विश्वकपका लागि छनोट

Loading

एजेन्सी,चैत ।
पूर्व च्याम्पियन वेष्ट इन्डिज सन् २०१९ मा हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट भएको छ ।जिम्बावेमा जारी विश्वकप छनोटमा स्कटल्याण्डलाई डकवर्थ एण्ड लुइसको नियमका आधारमा ५ रनले हराउँदै वेष्ट इन्डिजले विश्वकपमा स्थान बनाएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ४८ ओभर ४ बलमा मात्र एक सय ९८ रनमा अलआउट भयो । उसका लागि इभिन लुइसले ६६ तथा मार्लोन स्यामुयल्सले ५१ रनको योगदान गरे । यस्तै कार्लोस ब्रेथवेटले २४ रन जोडे ।
जवाफमा स्कटल्याण्ड ३५ ओभर २ बलमा एक सय २५ रनमा पाँच विकेटको अवस्थामा हुँदा भारी वर्षाका कारण खेल रोकिन पुग्यो । त्यसपछि डकवर्थको नियम अनुसार वेष्ट इन्डिज ५ रनले विजयी भयो । स्कटल्याण्डका लागि रिची बेरिङटोनले ३३ तथा जर्ज मुन्सेले ३२ रनको योगदान गरेका थिए । हारपछि स्कटल्याण्ड विश्वकपमा छनोट हुन असफल भएको छ ।
सुपरसिक्समा रहेका अरु चार टिम मध्ये तीन टिमको अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउने अवसर कायमै छ । जसमा जिम्बावे, अफगानिस्तान र आयरल्याण्ड रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed