Breaking News.... EverestOnlineKhabar
August 16, 2026

फेसबुकका मालिक मार्क जुकरबर्गले गल्ती स्वीकार्दै भनेः‘विश्वासघात भयो’

Loading

एजेन्सी,चैत ।
सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ । क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन् ।
उनले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसकिने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले एप्स बनाउने अलेक्जेन्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकका बीच जे भएको छ त्यो विश्वासघात नै भएको बताए ।
उनले फेसबुक र फेसबुक प्रयोगकर्तामाथि पनि विश्वासघात भएको बताए । जुकरबर्गले फेसबुकमा आएको समस्या समाधानका लागि केही प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए । फेसबुकमा डाटा चोरी भएको खबर सार्वजनिक भएलगत्तै फेसबुकको शेयरमा आठ प्रतिशत गिरावट आएको थियो ।
अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने क्याम्ब्रिज एनालिटिकल कम्पनीले फेसबुकका पाँच करोडभन्दा बढी प्रयोगकर्ताको जानकारी चोरेको आरोप सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.