Breaking News.... EverestOnlineKhabar
June 4, 2026

जिम्बाबेमा तीन हजार कैदी बन्दीलाई आममाफी

Loading

एजेन्सी,चैत ।
जिम्बाबेमा ३ हजार कैदी बन्दीलाई आम माफी दिइएको छ । राष्ट्रपति एमर्सन मनाङ्गावाले देशका विभिन्न कारागारमा रहेका ३ हजार कैदी बन्दीलाई एकसाथ आम माफी घोषणा गरेका छन् ।
आम माफी पाउनेमा जन्मकैदको सजाय पाएका बाहेक अन्य सबै महिला कैदी छन् । यसैगरी १८ वर्षभन्दा कम उमेर समुहका सबै कैदीलाई पनि रिहा गरिएको छ । राष्ट्रपति मनाङ्गावाको पछिल्लो कदमले जिम्बाबेको कारागार व्यवस्थापनमा सहजता आउने अनुमान गरिएको छ ।
जिम्बाबेका प्रायः सबै कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी रहेका छन् । यसअघि सन् २०१६ मा पनि कारागारमा ठाउँ खाली गर्न २ हजार कैदी बन्दीलाई छाडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed