Breaking News.... EverestOnlineKhabar
June 5, 2026

इदलीबमा विद्यालय नजिकै हवाई आक्रमण, २६ बालबालिकाको मृत्यु

Loading

सिरिया,चैत ।
सिरियाको उत्तरपश्चिमी शहर इदलीवमा बुधबार गरिएको हवाइ आक्रमणमा परी कम्तिमा १६ छात्रछात्रासहित २० जनाको निधन भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ इदलीव प्रान्तको काफर बातिख क्षेत्रमा आक्रमणमा १६ जना बालबालिकासहित २० जना सर्वसाधारणको मृत्यु भएको छ ।
संस्थाका प्रमुख रामी अब्देल रहमानले भन्नुभयो, पूर्व अलकायदा समूहका धेरै सदस्य रहेको जिहादी विद्रोही समूह हायत तहरिर अल–सामद्वारा नियन्त्रणमा लिएको सुरक्षा जाँच चौकी नजिकै भएको आक्रमण सिरियाली सरकारी फौज वा उसको सहयोगी रुसी पक्षले गराएको वा अन्य कुनै समूहले गराएकोबारे खुल्न नसकेको उनको भनाई थियो ।
स्थानीय विद्यालयबाट निस्केका विद्यार्थीको घटनामा मृत्यु भएको अब्देल रहमानले बताएका समाचारमा उल्लेख छ । मृतक विद्यार्थीमध्ये सवैभन्दा बढी उमेरको बालक ११ वर्षका रहेका बताइएको रहमानले स्थानीय स्रोतलाई उद्धृत गर्दै उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed