Breaking News.... EverestOnlineKhabar
June 5, 2026

जगजीत श्रेष्ठ अष्ट्रेलियाको नयाँ फुटबल क्लवमा आबद्ध

Loading

काठमाडौ,चैत ।
नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् । यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग आगामी १ वर्षका लागि सम्झौता गरेका छन् ।
उनले गत साता सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएका छन् । प्रेस्टन लायन्स गत सिजनको भिक्टोरीया स्टेट लिगमा चौथो स्थानमा उभिएको थियो । त्यसअघि २०१६ मा दोस्रो स्थान हांसिल गरेको प्रेस्टन लायन्सले ४ पटक भिक्टोरिया स्टेट लिगको उपाधि जितिसकेको छ । प्रेस्टन आफ्नो लिगमा सर्वाधिक सफल क्लबमध्ये एक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed