Breaking News.... EverestOnlineKhabar
June 5, 2026

सुर्खेतमा कर्णाली प्रिमियर लिग हुने

Loading

वीरेन्द्रनगर,चैत ।
सुर्खेतमा पहिलो पटक कर्णाली प्रिमियर लिग (केपिएल) टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी वैशाख ४ देखि १५ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा प्रतियोगिता सञ्चालन हुने भएको हो। राष्ट्रिस्तरको प्रतियोगितामा सात वटै प्रदेशका प्रदेशस्तरीय टिमका साथै तीन वटा विभागिय टोलीले सहभागिता जनाउने भएका छन् ।
सबै टिमसँग अहिले समन्वय भइरहेको आयोजक संस्था बन्धुविकास सहकारीका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक रेशम शाहीले बताए। धनगडीमा आयोजना हुने डिपिएल लगत्तै कर्णाली प्रिमियर लिग आयोजना गर्न लागिएको हो । प्रतियोगिताको विजेताले नगद तीन लाख रूपैयाँसहित ट्रफि प्राप्त गर्नेछ भने दोस्रो हुनेले एक लाख ५० हजारसहित ट्रफि पाउने छन्।
त्यसैगरी म्यान अफ दी सिरिज हुनेले २५ हजार, उत्कृष्ट ब्याटस्म्यान र उत्कृष्ट बलरले नगद १०÷१० हजारसहित ट्रफि र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद दुई हजार पाँच सयसहित ट्रफि पाउनेछन्।
प्रतियोगिता सञ्चालन गर्न १९ लाख ८० हजार रूपैयाँ खर्च लाग्ने संयोजक शाहीले बताए । कर्णाली प्रदेशमा क्रिकेटको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed