![]()
बुटवल,चैत ।
तेश्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश ५ को आयोजनामा बुटवलको रामनगरमा रहेको मानबज्ञान उच्च माबिको खेलमैदानमा प्रतियोगिता हुँदैछ । प्रतियोगिताबारे आयोजकले मंगलबार पत्रकार सम्मेलन गरि तयारी सकिएको बताएका हुन् । यसअघि प्रतियोगिता फागुनको अन्तिम साताबाट शुरु गर्ने भनिएपनि राष्ट्रपतिको चुनाबका कारण खेल चैत्र दोश्रो सातालाई सरेको थियो ।
प्रतियोगिताको राष्ट्रपति बिद्यादेवी भण्डारीले फागुन ९ गते उद्घाटन गर्ने तय भएको स्पोर्टस एकेडेमी, प्रदेश ५ का अध्यक्ष नरबहादुर घर्तीले बताए । प्रथम पुरस्कार राशी १५ लाख नगद तथा दोस्रोलाई नगद ७ लाख ५० हजार रुपैयाँ पुरस्कार राखिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
नयाँ अभ्यासका रुपमा खेल अवधिभर प्रत्येक खेलाडीको तीन लाख बराबरको बीमाको ब्यवस्था गरिएको एकेडेमीका जिल्ला अध्यक्ष नन्दु काउचाले जानकारी दिए । १० टिम रहने खेलमा मलेसियाको हिमालयन एफसीसहित नेपालका ए डिभिजन क्लब, विभागीय टिमका साथै आयोजकको समेत एउटा छुट्टै टिम तयार गरिएको छ ।


