![]()
बिराटनगर । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले स्व. गिरिजाप्रसाद कोइराला लोकतन्त्रका महानायक भएको बताउनु भएको छ ।
स्व. कोइरालाको आठौं पुन्यतिथिको अवसरमा विराटनगरमा आयोजित विचार गोष्ठीमा बोल्दै मुख्यमन्त्री राईले कोइरालाको अगुवाइमा मुलुकमा ठूलो राजनीतिक उपलब्धि हासिल भएको चर्चा गर्दै कोइरालाले सबै नेपालीलाई लोकतन्त्रको मालिक बनाएको धारणा राख्नुभयो । राईले भन्नुभयो, ‘ गिरिजाप्रसाद कोइराला लोकतन्त्रका महानायक हुन । ’
मुख्यमन्त्री राईले कोइरालाको नाममा संग्रहालय स्थापना गर्न प्रदेश सरकार तत्पर रहेको पनि जानकारी दिनुभयो ।
राजनीतिक आस्था, विचारभन्दामाथि उठेर समग्र प्रदेशको आर्थिक विकासका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने मुख्यमन्त्री राईको भनाइ थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले १ नम्बर प्रदेशको समग्र विकासका लागि कांग्रेसले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइरालाको भूमिकाको चर्चा गर्नुभएको थियो ।


