![]()
काठमाडौं । एएफसी एसियन कप छनोट चरणअन्तर्गत यमनविरुद्धको अन्तिम खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक ग्योतोकी कोजुले २० सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन्।
प्रतियोगिताका लागि विमल घर्ती मगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, विशाल राई, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, सुजल श्रेष्ठ, सुनिल बल, अन्जन विष्ट, सुमन लामा, विराज महर्जन, रजिन धिमाल, देवेन्द्र तामाङ, आदित्य चौधरी, अनन्त तामाङ, दिनेश राजवंशी, किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपानेले स्थान बनाएका छन्।
प्रशिक्षणमा रहेका कमल श्रेष्ठ, रविन श्रेष्ठ, विशाल श्रेष्ठ र विमल बस्नेत भने टिममा स्थान बनाउन असफल भए। त्यस्तै, भरत खवासले टिममा स्थान बनाउन सकेनन् । चोटका कारण विक्रम लामा टिमबाहिर छन्।
नेपालले मार्च २७ मा कतारमा यमनविरुद्ध अन्तिम खेल खेल्दै छ।


