![]()
काश्की । युुवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अब नेपाली खेलाडीले खेलबाटै आफ्नो सुरक्षित भविष्य देख्ने बताएका छन् ।
खेदकुद पत्रकार मञ्च कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बिश्वकर्माले अब खेलबाट खेलाडी निराश हुने अवस्थाको अन्त्य गरिने बताए । उनले भने ‘राष्ट्रका गहनाका रुपमा रहेका खेलाडिको जीविकोपार्जनमा देखिएका समस्यालाई समाधान गरी खेलाडिको सुरक्षित भविष्यको बारेमा ध्यान दिन्छौँ ।’
मन्त्री विश्वकर्माले भर्खर मात्रै नेपाली क्रिकेट टोलिले हासिल गरेको उपब्धीलाई संस्थागत गर्न आफूले दीर्घकालीन योजनाका साथ खेल क्षेत्रको विकासमा जोड दिने बताए । उनले भने ‘व्यवस्थित क्रिकेट मैदानको आवश्यकतालाई विशेष ध्यान दिनेछौँ ।’
मन्त्री बिश्वकर्माले सातवटै प्रदेशमै अन्तर्रा्ष्ट्रिय स्तरको आधुनिक स्टेडियम तयार गर्ने लक्ष्य लिएको र पोखरामा अन्तर्रा्ष्ट्रिय स्तरको आधुनिक स्टेडियम छ्टिटै तयार गर्ने बताए ।


