![]()
बीबीसी । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन अहिले विकासको अहम र गम्भीर चरणमा रहेकाले कुनै पनि किसिमको त्रुटि गर्ने छुट नरहेको बताएका छन् ।
चीनको नेशनल पिपुल्स कंग्रेस (एनपिसी) को वार्षिक बैठकमा समापन सम्बन्धनको क्रममा विकास वा उपब्धीबाट सन्तुष्ट हुने अवस्था आइन नसकेको बताए । चीन अहिले आफ्नो इतिहासको गम्भीर मोडमा उभिएको र यसलाई समाजवादले मात्रै जोगाउन वा थप बलियो बनाउन सक्ने उनले बताए ।
देशलाई थप समृद्ध बनाउनका लागि देश थप बलियो र एकीकृत बन्नु पर्नेमा उनले जोड दिए । ताइवानको सन्दर्भ जोड्दै सीले कुनै पनि किसिमको विखण्डनलाई पक्षपोषण गर्न नहुने र आफू त्यसको पक्षमा नरहेको बताए ।
उनले भने, ‘चीनका नागरिकमा साझा विश्वास यो छ कि, यो देश कहिले विभाजित हुने छैन । चीनको कुनै भागको एक इन्च पनि यसबाट अलग हुन सक्दैन । दुश्मनसंग रक्तिम युद्ध लडन तयारा छौं । ’
स्वायत्त शासन रहेको ताइवानलाई चीनले आफ्नो भाग रहेको बताउँदै आएको छ र उसले विभाजनको चाह राखेको बेइजिङले बताउने गरेको छ । ताइवान पनि आफ्नो मूख्य भूमिमा एक दिन फर्किने सीको बिश्वास छ ।


