Breaking News.... EverestOnlineKhabar
June 5, 2026

बिगत होइन बर्तमान र भविश्य हेरेर देश निर्माणमा लागौं : प्रधानमन्त्री

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिगतका सबै तिक्तता मेटेर देश निर्माणमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

चन्द्रागिरी नगरपालिकास्थित मातातिर्थमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विगततिर फर्केर पश्चाताप वा समीक्षा गर्ने होइन वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘हिजो भनाभन गरेका थियौं, झगडा गरेका थियौं भनेर त्यतातिर फर्कने समय होइन यो, अब सबै मिलेर देश निर्माणमा लाग्नु पर्छ।’

जनताले विकास निर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य, सुरक्षा हरेक क्षेत्रमा परिवर्तन चाहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed