Breaking News.... EverestOnlineKhabar
August 29, 2026

Loading

बीबीस । सीरीयाको उत्तरी क्षेत्रमा अवस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा यहाँका अर्धसैन्य लडाकूहरुले नियन्त्रणमा लिएका छन्।

उक्त सहरको मध्यभागमा टर्कीको सेना प्रवेश गरेको समाचार यसअघि नै आएको थियो। ऋहिले सो भागलाई सेनाले पूर्ण नियन्त्रणमा लिएको छ। टर्कीले अफ्रिनमा हिंसा मच्चाइरहेको कुर्द लडाकू समूह वाईपीजीलाई गएको दुई महिनादेखि निशाना बनाइरहेको थियो । उक्त समूहलाई टर्कीले आतंकवादी संज्ञा दिएको छ।

टर्कीको सेनाको सहयोगमा रहेको टर्की समर्थित लडाकूहरु आइतबार शहरको मुख्यभागमा पुगेका थिए। त्यसपछि उनीहरुले आफ्नो नियन्त्रणमा लिएको शहरको मध्यभागमा टर्कीको झण्डा फहराएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.