Breaking News.... EverestOnlineKhabar
June 4, 2026

Loading

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनिफाइड लाइसेन्स लिएर पनि तोकिएअनुरुप सेवा विस्तार गर्न नसकेपछि यूटीएल र स्मार्ट सेललाई कारवाही गरेको छ ।

लाइसेन्स लिँदा पेश गरेको रोलआउट प्लानअनुरुप सेवा विस्तार गर्न नसकेको भन्दै यूटीएल र स्मार्ट टेलिकमलाई ५–५ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

दूरसञ्चार ऐनमा उल्लेखित व्यवस्थाअनुरुप यूटीएललाई जरिवाना गराउने गरी पत्राचार भैसकेको छ । युटिएलललाई प्राधिकरणले २०७३ को भदौ २०मा युनिफाइड लाइसेन्स दिएको थियो । उसले लाइसेन्स लिएको एक वर्ष्भित्रै ४४ जिल्लामा सेवा विस्तार गर्ने बताएको थियो ।
युटिएलले जीएसएम मोबाइलसहित युनिफाइड सेवाका लागि तयारीसम्म पनि नगरेपछि कम्पनीलाई प्राधिकरणले ६ महिनाभित्र ५४ वटै जिल्लामा सेवा र्पुयाईसक्न निर्देशन दिएको छ ।

कारवाहीमा परेको स्मार्टले पनि गत भदौसम्म निर्धा्रित ९ जिल्लामा मात्र सेवा विस्तार गरेपछि कारवाही गरिएको हो । उसलाई ६ महिनाभित्र तोकिएका जिल्लमा सेवा विस्तार गर्न भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed