Breaking News.... EverestOnlineKhabar
June 4, 2026

अर्जेन्टिनी पोर्टोलाई मास्टर्स टेनिसको उपाधि, फाइनलमा बिश्व नम्बर १ फेडरर हारे

Loading

एजेन्सी । अर्जे्न्टिनाका जुवान मार्टिन डेल पोर्टोले इन्डियन वेल्स मास्टर्स टेनिसको उपाधि जितेका छन् । फाइनलमा विश्व नम्बर एक स्विस खेलाडी रोजर फेडेररलाई पराजित गर्दै पोर्टोले उपाधि जितेका हुन् ।

क्यालीफोर्नियामा भएको फाइनलमा आठौं बरियताका पोर्टोले फेडेररलाई ६ – ४, ५ – ७ (८ – १०) र ७ – ६ (७ – २) ले स्तब्ध बनाउदै उपाधि आफ्नो बनाए । फेडेररलाई हराउन २९ बर्षीय पोर्टोलाई २ घण्टा ४२ मिनेट समय लागेको थियो । योसँगै पोर्टो सन् २०१८ मा फेडेररलाई हराउने पहिलो खेलाडी बनेका छन् ।

पोर्टोसँगको हारसँगै फेडेररको छैटौं पटक इन्डियन वेल्सको उपाधि जित्ने सपना पूरा हुन् सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed