![]()
एजेन्सी । भारतीय अभिनेता इरफान खानको मष्तिष्कमा देखिएको खतरनाक ‘न्युरोइन्क्रिन ट्युमर’ को उपचार लण्डनमा हुने भएको छ । लन्डनमा उनको उपचारको सम्पूर्ण व्यवस्था मिलाइएको छ । लन्डनमा रहँदै आएका भारतीय मुलका चिकित्सकको निगरानीमा उनको उपचार हुने छ।
हलिउडमा समेत स्थापित भइसकेका इरफान खानको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा न्युरोइन्क्रिन ट्युमर रहेको पहिचान भएको थियो। इरफानका नजिकका एक साथीले भने, ’इरफानलाई उनका नजिकका डाक्टरले परीक्षण गरेका छन्। साथै तत्काल रोगले उनलाई ठूलो असर नपर्ने र त्यसलाई नियन्त्रण गर्न सकिने बताएका छन्। इरफान र उनकी पत्नीले भारतीय डक्टरसँग उपचारका लागि सहमति जनाएका हुन्।’
लन्डनमा उपचार राम्रो हुनेमा इरफान विस्वस्त भएपछि उनलाई अमेरिका लैजाने निर्णय फेरिएको थियो। त्यसैले अबका केही महिना इरफान लन्डनमा हुनेछन्।


